साकार पोष्ट माघ ३ गल्छी। धादिङ जिल्ला गल्छीगाँउपालिका वडा नं ७ गल्छी बजारबाट सात किलो सय ग्राम लागु औषध गाजा सहित १ महिला १ पुरुष र मोटरसाईकल नियन्त्रणमा नियन्त्रणमा लिएको छ। पुस ३० गते धादिङ गल्छी गाउँपालिका वडा नं. ७ गल्छी चोक नजिकै लागु औषध कारोबार हुदै छ भन्ने विषेश सुचनाको आधारमा ऐ. दिनको अं.१९:३० बजेको समयमा जिल्ला धादिङ गल्छी गाउँपालिका वडा नं.७ गल्छी बजार नजिकै रहेको प्रहरी चौकी गल्छी, र धादिङबाट खटीएको प्रहरी टोलीले गल्छि चोकबाट नुवाकोट तर्फ जादै गरेको जिल्ला धादिङ गल्छी गा.पा. वडा नं. ५ रैले बस्ने वर्ष ३२ को विनोद तामाङले हाँकी चलाई पछाडी ऐ.ऐ. छहरा बस्ने वर्ष २२ की सिता रोक्का सवार रहेको बा २५ प ३१७४ नम्बरको HONDA मोटरसाईकल रोकी निजहरुको शरिर तथा चढी आएको मोटरसाईकल समेतको खानतलासी लिदा निजहरुले मोटरसाईकलको बिचमा राखि ल्याएको झोलाहरुबाट लागु औषध गाजा ७ किलो १०० ग्राम फेला परेकोले उक्त लागु औषध गाजा, वारदातमा प्रयोग भएको मोटरसाईकल समेत बरामद गरी निजहरुलाई पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जानकारी ईलाका प्रहरी कार्यालय गजुरीले दिएको छ।
