साकार पोष्ट पुस १९। गल्छीगाँउपालिका वडा नं ७ का महिलाहरुले फोहोर मैला व्यवस्थापन समिति गठन गरि गल्छीबजार तथा आसपासका क्षेत्रमा सरसफाई अभियानमा सक्रिय भएका छन्। गल्छीगाँउपालिकाले महिला समुहलाई फोहोर मैला व्यवस्थापनको तालिम दिए पनि व्यवस्थापन समिति आज बजार आसपासका क्षेत्रमा सरसफाई गरेका छन्। आउदो शनिबार सम्म सडक आसपासको १५ मिटर भित्र रहेको सामाग्रीहरू हटाउन पनि आग्रह गरेका छन्। गल्छी फोहोर मैला व्यवस्थापन समितिको अध्यक्षमा गिता गौतम उपाध्यक्षमा सिता रिमाल लामिछाने सचिवमा अप्सरा थापा गौतम सहसचिवमा चन्द्रावती खतिवडा खड्का र कोषाध्यक्षमा मेनुका खनाल रहनुभएको छ। यस व्यवस्थापन समितिको नियमित रूपमा बजार सरसफाई अभियान सन्चालन गर्ने गल्छी महिला समुहका अध्यक्ष गिता खरेलले जानकारी दिनुभयो छ।



भिजिटर संख्या : 106