गल्छी,जेठ २२ — विश्व वातावरण दिवस २०२५ को अवसरमा द राईजिङ भिलेजका बिद्यार्थीहरूले गल्छी गाउँपालिका–७ स्थित गल्छी बजार क्षेत्रमा विशेष सरसफाई कार्यक्रम सम्पन्न गरेका छन्।
‘प्लाष्टिजन्य प्रदुषण न्युनिकरण: हाम्रो दायित्व’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा बिद्यार्थीहरू बिहानैदेखि झोला, डस्टबिन, पञ्जा, मास्क लगायत सरसफाईका सामग्रीसहित बजार क्षेत्रमा देखा परेका थिए। उनीहरूले सडक, चोक, ढल, सार्वजनिक स्थल तथा पसल वरपरको फोहोर संकलन गरी उचित स्थानमा व्यवस्थापन गरे।
कार्यक्रममा द राईजिङ भिलेजका शिक्षक, अभिभावक तथा स्थानीय बासिन्दाहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
द राईजिङ भिलेजका शिक्षक भने, “बिद्यार्थीहरूमा वातावरणप्रति जिम्मेवारी र सरोकार बढाउने उद्देश्यले हामीले यस्तो कार्यक्रम आयोजना गरेका हौं। यसले उनीहरूलाई व्यवहारिक ज्ञान दिँदै सामाजिक उत्तरदायित्व बोक्ने सिको पनि गराउँछ।”
स्थानीय व्यापारी र सर्वसाधारणले बिद्यार्थीहरूको यो प्रयासको प्रशंसा गर्दै यस्ता कार्यक्रमले बजार क्षेत्रलाई सफा राख्न र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
विश्व वातावरण दिवसका दिन देशभर विभिन्न कार्यक्रमहरू भइरहेका बेला गल्छी बजारमा भएको यो पहल एक प्रेरणादायी उदाहरण बनेको छ।