नेपाल टेलिकमको नयॉ अफर सुरु

साकार पोष्ट । नेपाल टेलिकमले आज पुस २७ गतेदेखि लागु हुने गरी विन्टर अफर सार्वजनिक गरेको छ। अफर अन्तर्गत १९ रुपियाँमा एक दिनका लागि चार सय एमबी डेटा र ३३ रुपियाँमा एक हजार दुई सय एमबी डेटा उपलब्ध हुने कम्पनीले जनाएको छ।

बिज्ञापन

त्यस्तै एक सय नौ रुपियाँमा सात दिनका लागि पाँच जिबी र दुई सय ९८ रुपियाँमा २८ दिनका लागि सात जिबी खरिद गर्न सकिने छ। अफर अन्तर्गत ‘स्टे कनेक्टेड प्याक’ मा एक सय नौ रुपियाँमा पाँच दिनका लागि छ जिबी डेटा तथा एक सय ३९ रुपियाँमा छ जिबी डेटा र एक सय ७० रुपियाँमा टेलिकमकै नेटवर्कभित्रका लागि भ्वाइस सुविधा उपलब्ध हुने छ।

त्यसै गरी दुई घण्टाको समयावधिका लागि पैँतिस रुपियाँमा अनलिमिटेड प्याक पनि कम्पनीले उपलब्ध गराएको छ। कम्पनीका अनुसार नेपाल टेलिकम एप डाउनलोड गर्दा उपलब्ध हुने एक जिबी डाटा प्याक पनि निरन्तर रूपमा उपलब्ध हुने छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा