साकार पोष्ट जेठ ३० गल्छी धादिङ जिल्लाको गल्छी गाउँपालिका–७ भल्टारस्थित पृथ्वीलोकमार्गमा दुई वटा सवारी साधन एकआपसमा ठोक्किँदा १२ जना यात्रु घाइते भएका छन्।
लमजुङबाट काठमाडौंतर्फ जाँदै गरेको बा.४ ख ६९४ नम्बरको हाईस र काठमाडौँबाट चितवनतर्फ गइरहेको बागमती प्रदेश ०१–००६ ख ७१४१ नम्बरको अर्को हाईस एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
घाइतेहरूको विवरण यसप्रकार छ:
बा.४ ख.६९४ नम्बरको हाईसमा सवार घाइतेहरू (६ जना):
- केशर कार्की, ५७ वर्ष, लमजुङ – छातीमा चोट, अवस्था सामान्य।
- शुशिला थापा, ४० वर्ष, लमजुङ – अनुहारमा चोट, अवस्था सामान्य।
- रुप बहादुर थापा, ७० वर्ष – अनुहार, ढाड र खुट्टामा चोट, अवस्था मध्यम।
- सुबिनी गुरूङ, ७३ वर्ष – दायाँ खुट्टामा चोट, अवस्था मध्यम (ट्रमा सेन्टर रिफर)।
- सन्तोष गुरुङ, ४१ वर्ष – दायाँ खुट्टामा चोट, अवस्था सामान्य।
- बसन्ति बि.क., ४१ वर्ष – बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
बागमती प्रदेश ०१–००६ ख.७१४१ नम्बरको हाईसमा सवार घाइतेहरू (६ जना):
- बिरेन्द्र बि.क., ३० वर्ष, धादिङ – छातीमा चोट, अवस्था सामान्य।
- हरिकृष्ण पन्त, ४६ वर्ष, गोरखा – खुट्टा, हात र अनुहारमा चोट, अवस्था मध्यम।
- बोलु कुमारी गुरूङ, ४६ वर्ष, कास्की – निधारमा चोट, अवस्था मध्यम (ट्रमा सेन्टर रिफर)।
- एलिना राई, ३० वर्ष, धादिङ – अनुहारमा चोट, अवस्था सामान्य।
- इशाक राई, १२ वर्ष – बायाँ हातमा चोट, अवस्था सामान्य।
- अमित थापा मगर, ४५ वर्ष, कास्की – बायाँ खुट्टामा चोट, अवस्था सामान्य।
प्राथमिक उपचारका लागि सबै घाइतेहरूलाई गल्छीस्थित अम्बेभरोसा अस्पता लगिएको थियो। केहीको अवस्था मध्यम रहेकाले थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा रिफर गरिएको छ।प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ।
भिजिटर संख्या : 76