सिटौलाद्वारा बस परिचारिका(होस्टेज) र महिला बस चालकलाई सम्मान

साकार पोष्ट काठमाडौं, असोज १​ । विश्वकर्मा पूजाको अवसर पारेर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले दुई व्यक्तिलाई नगद सहित सम्मान गर्नु भएको छ । सिटौलाले आफ्नो जन्मदिनको अवसर पारेर नेपालकै पहिलो महिला बस परिचारीका नर्मता खत्री र पहिलो रात्री बस चालक महिला रेबिका थापालाई पाँच पाँच हजार रुपैयाँ नगद सहित सम्मान गर्नु भएको हो ।
सम्मान गर्दै बरिष्ठ उपाध्यक्ष सिटौलाले सार्वजनिक यायायातको क्षेत्रमा महिलालाई आर्कषित गर्न सकेमा यो व्यवसाय नै मर्यादित हुने धारणा राख्नु भयो । हजारौं नर्मता र रेविकाहरुलाई यातायात क्षेत्रमा आवद्ध गराउनका लागि महिला मैत्री सार्वजनिक यातायात बनाउनु पर्ने सिटौलाको भनाइ थियो ।
सम्मानित भएपछि महिला चालक रेविका थापाले सबैले गाडी चलाउने भएपनि आफूहरुले पेषाका रुपमा अंगालेको तर महिलाका लागि काम गर्न असहज भएको गुनासो गर्नु भयो । रेविकाले काठमाडौं देखि धनगढी रुटमा रात्री बस चलाउँदै र त्यसबाट आएको आम्दानीका साथै अन्यदाताहरुले दिएको सहयोगबाट ४२ अनाथ बच्चाहरुलाई संरक्षण दिँदै आउनु भएको छ भने बस होस्टेज नम्रताले काठमाडौं देखि दाङको रुटमा चल्ने बसमा परिचारीकाको भूमिका निर्वाह गर्दै आउनु भएको छ ।
कार्यक्रममा महासंघका अध्यक्ष बिजयबहादुर स्वांरले सार्वजनिक यातायात क्षेत्रलाई मर्यादित बनाउन सरोकारवालाहरु एक भएर लाग्नु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरु निकायका प्रतिनिधिहरुले पनि आफ्नो पेषागत हक हितका लागि सबै एक हुन आवश्यक रहेकोमा जोड दिएका थिए । कार्यक्रमको आयोजना पूर्व यातायात व्यवस्थापन प्रालीले गरेको थियो ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा