साकार पोष्ट धादिङ — नेपाली कांग्रेस धादिङले पूर्वजिल्ला सभापति, प्रजातन्त्र सेनानी तथा वरिष्ठ राजनीतिक व्यक्तित्व स्वर्गीय भरतप्रसाद उप्रेतीको १३औं पुण्यतिथिको अवसरमा साउन ८ गते बिहिवार का दिन नौबिसेबजारमा एक शोकसभा आयोजना गर्ने भएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री श्री शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा उक्त शोकसभा आयोजना गरिने जनाइएको छ। कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्यसमिति, धादिङको आयोजनामा स्थानीय राजनीतिकर्मी, शुभेच्छुक, कार्यकर्ता र सरोकारवालाहरूको उपस्थिति रहनेछ।
भिजिटर संख्या : 155