धादिङ, मंसिर १ – आन्तरिक राजस्व कार्यालय गल्छीले राष्ट्रिय कर दिवसको उपलक्ष्यमा विशेष सम्मान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा धादिङ र नुवाकोट जिल्लाबाट सबैभन्दा बढी कर तिर्ने करदाताहरूलाई सम्मान गरिएको हो।
धादिङ जिल्लाबाट सर्वाधिक कर तिर्ने आर्जित कन्स्ट्रक्सनका अम्बिका खड्का र नुवाकोट जिल्लाबाट बढी कर तिर्ने त्रिशुली ब्रिडिङ्गका विष्णु प्रसाद रिमाललाई प्रशंसा–पत्र तथा सम्मान प्रदान गरिएको कार्यालयले जनाएको छ।
कार्यक्रमका सभापति आन्तरिक राजस्व कार्यालय गल्छीका प्रमुख प्रेम प्रकाश शाही रहनुभएको थियो।
विशेष अतिथिका रूपमा उधोग बाणिज्य संघ नुवाकोटका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठ तथा
अतिथिका रूपमा उधोग वाणिज्य संघ धादिङका अध्यक्ष राम कुमार डल्लाकोटी र
उधोग वाणिज्य संघ धादिङका वरिष्ठ उपाध्यक्ष रोहित भण्डारी उपस्थित रहनुभएको थियो।
कार्यक्रमको सञ्चालन आन्तरिक राजस्व कार्यालय गल्छीका नायव सुब्बा धन बहादुर थापाले गर्नुभएको थियो।
उक्त अवसरमा वक्ताहरूले राष्ट्र निर्माणमा करको महत्त्व तथा दिगो आर्थिक समृद्धिका लागि करदाताको भूमिकालाई महत्वपूर्ण रहेको बताए। नियमित र पारदर्शी रूपमा कर तिर्ने करदाताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो सम्मान कार्यक्रम आगामी वर्षहरूमा झनै प्रभावकारी रूपमा निरन्तरता दिने प्रतिवद्धता कार्यालयले जनाएको छ।