साकार पोष्ट गल्छी बैरेनी मंसिर १५ ।गल्छी गॅाउपालिका वडा नं ८ मा रहेको छाङ्गेश्वर महादेव मन्दिर परिसरमा मंसिर १३ गते देखि सन्चालन भएको पॅाचौ गल्छी गॅाउपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि द राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ स्कुलले जितेको छ ।उक्त प्रतियोगिता ७ स्वर्ण ३ रजत र ५ कास्य सहित राइजिङ भिलेज इङ्ग्लिस बोर्डिङ स्कुल प्रथम भएको हो ।यस्तै ६ स्वर्ण २ रजत ४ कास्य सहित अमन्तादेवी माध्यमिक विद्यालय द्वितीय र ४ स्वर्ण ७ रजत ५ कास्य सहित जनकल्याण माध्यमिक विद्यालय तृतीय भएका छन् ।कार्यक्रममा गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडा र उपाध्यक्ष भाइकाजी तिवारीले विजेतालाई ट्रफी,मेडल प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो।गल्छी गाउँपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाको आयोजनामा भएको प्रतियोगितामा गल्छी गॅाउपालिका भित्रका ९ विद्यालयका विद्यार्थीहरुले विभिन्न विधामा सहभागिता जनाएको थिए