गल्छी आन्तरिक राजस्व कार्यालयको प्रमुखमा उप–सचिव प्रेम प्रकाश शाही

साकार पोष्ट गल्छी धादिङ — धादिङको गल्छी गाउँपालिका वडा नं ७ गल्छी बजारमा रहेको आन्तरिक राजस्व कार्यालय सञ्चालनमा आएसँगै नुवाकोट, धादिङ र रसुवाका करदाताले अब आफ्नै जिल्लामै करसम्बन्धी सम्पूर्ण सेवा पाउने भएका छन्।

बिज्ञापन

यो कार्यालय यस वर्षको साउन १ गतेदेखि करदातासेवा कार्यालयबाट रूपान्तरण भई आन्तरिक राजस्व कार्यालयको रूपमा स्थापित भइसकेको हो। अहिले भर्खरै मात्र कर्णाली प्रदेशबाट उप–सचिव प्रेम प्रकाश शाहीको सरुवा भई यहाँ कार्यालय प्रमुखका रूपमा कार्यभार सम्हालिएको छ।

यसअघि करदाताले करदातासेवा कार्यालयमार्फत सेवा लिनुपर्ने बाध्यता थियो भने अब आन्तरिक राजस्व कार्यालयमार्फत प्रत्यक्ष सेवा उपलब्ध हुने भएको छ। कर भुक्तानी, दर्ता, लेखापरीक्षण, अभिलेख व्यवस्थापनलगायतका काम सहज हुने कार्यालयले जनाएको छ।

स्थानीय व्यवसायी र करदाताले काठमाडौं धाउनुपर्ने बाध्यता हट्ने मात्र नभई समय र खर्च दुवैमा बचत हुने अपेक्षा गरिएको छ। कार्यालय प्रमुख शाहीले भने, करदातामैत्री वातावरण बनाएर सहज पारदर्शी सेवा दिने हाम्रो प्राथमिकता रहनेछ।

आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि गल्छीसहित नुवाकोट, रसुवा र धादिङका आर्थिक गतिविधिमा थप गतिशीलता आउने विश्वास गरिएको

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा