साकार पोष्ट गल्छी बैरेनी धादिङ । धादिङ जिल्लाको गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ का लागि ६८ करोड ४२ लाख ३६ हजार ७ सय ६३ रुपैयाँ ३३ पैसाको बजेट विनियोजन गरेको छ । आइतबार गल्छीमा नवौं अधिवेशनको उद्घाटन प्रदेश सासंद मधु कुमार श्रेष्ठले गर्नुभएको हो। नवौं अधिवेशनमा उपाध्यक्ष भाइकाजी तिवारीले चालु खर्च र पूजिगत तफको बजेट प्रस्तुत गर्नुभएको छ । गाउँ सभाले आगामी आर्थिक वर्षका लागि आर्थिक विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र, न्यायिक समिति लगायतका शीर्षकमा बजेट विनियोजन गरेको छ ।
बजेट प्रस्तुत गर्नुपूर्व गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। गाउँ सभाले गाउँपालिका अध्यक्ष खतिवडाद्धारा प्रस्तुत नीति तथा कार्यक्रम, उपाध्यक्ष भाइकाजी तिवारीले प्रस्तुत गर्नुभएको बजेट र विनियोजन विधेयक सर्वसम्मतले पास गरिएको जानकारी दिएको छ ।


