दृष्टि आई केयरको मायोपिया नियन्त्रणका लागि साताव्यापी अभियान सुरु

साकार पोष्ट काठमान्डौ विश्वभर तीव्र गतिमा बढीरहेको मायोपिया (दृष्टि दोष) प्रति आम नागरिकमा सचेतना जगाउन दृष्टि आई केयर सिस्टमले जेष्ट ५ देखि ११ गतेसम्म “मायोपिया जनचेतना सप्ताहका” को घोषणा गरेको छ । दृष्टिको काठमाण्डौ, विरगञ्ज र बिर्तामोड शाखाहरुबाट सञ्चालन हुने अभियान अन्तरगत विविध जनचेतनामूलक कार्यक्रमहरु आयोजना गरिने छ । जेठ १० गते शनिवार विहान ७ बजे दृष्टि आई केयर सिस्टमका तीनवटै शाखाहरु काठमाडौ कलंकी, विरगञ्ज र विर्तामोडबाट एकैसाथ मायोपिया जनचेतना र्यालीको आयोजना गरिएको छ । र्यालीमा आँखा स्वास्थ्यसँगसम्बन्धीत संघ संस्था, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, युवा विद्यार्थी र स्थानीय समुदायको सहभागीता रहने दृष्टिले बताएको छ । सप्ताह अन्तरगत सामुदायिक विद्यालयहरुमा स्कूल स्क्रिनिङ शिविर सञ्चालन गरिने छ । शिविरमा परीक्षण गरिएका विद्यार्थीहरुलाई दृष्टि आई केयरका सबै शाखाहरुमा निःशुल्क रुपमा विस्तृत परीक्षण सेवा प्रदान गरिने बताइएको छ ।
दृष्टिले अभियान भित्र १७ बर्षसम्मका सबै विद्यार्थीहरुले अग्रिम नाम दर्ता गराई आँखा परीक्षण गर्न आउने सबैलाई निःशुल्क सेवा उपलब्ध गराउने जानकारी दिएको छ । साथै चस्मा तथा मायोपिया नियन्त्रणका विशेष लेन्सहरुमा छुट दिने बताएको छ । समयमै परीक्षण र नियन्त्रण नभए बालबालिका र युवाहरुकाबीच मायोपिया विश्वव्यापी रुपमै प्रमुख चुनौति बन्दै आएको छ । विश्व स्वास्थ्य संगठनले सन् २०५० सम्म विश्वको आधा जनसंख्या मायोपियाबाट प्रभावित हुने अनुमान गरेको । यही अवस्थालाई ध्यान दिदै मायोपिया रोकथाम र उपचारका उपायाहरुबारे जानकारी दिने उदेश्यका साथ साताव्यापी कार्यक्रम आयोजना गरिएको कार्यकारी निर्देशक डा. भाईराजा श्रेष्ठले बताउनु भयो । डा. श्रेष्ठले दृष्टि आई केयरको वेबसाईट धधध।मचष्कजतष्भथभ।यचन मा रहेको क्याल्कुलेटरको माध्यमबाट सबैले निःशुल्क रुपमा आफ्नो र आफ्ना बालबालिकाको मायोपिया जोखिमको अवस्था थाहा पाउन सकिने बताउनु भयो ।
मायोपिया विशेषज्ञ दीपक घिमिरेका अनुसार “ मायोपिया अब सामान्य दृष्टिदोष मात्र नभई दीर्घकालिन दृष्टि गुमाउने कारक बन्दै गएको छ, त्यसैले यसप्रति सचेतना आवश्यक छ”

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा