साकार पोष्ट ५ पुस,धादिङ आठौँ धादिङ महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले गर्ने हुनुभएको छ ।पुष ७ गते देखि १७ गतेसम्म चल्ने महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री पाण्डेलाई प्रमुखअतिथिको रुपमा निमन्त्रणा गरिएको धादिङका उद्योग बाणिज्य संघका अध्यक्ष एवं महोत्सवमुल समारोह समितिका संयोजक विष्णु थपलियाले बताउनुभयो ।
संघको प्रतिनिधि मण्डलको टोलीले पाण्डेलाइ भेटेर प्रमुखअतिथिको निमन्त्रणा पत्र दिएको थियो ।
महोत्सवको उद्घाटन पुष ७ गते अपरान्ह १२ बजे गर्ने कार्यक्रम तय भएको छ ।
धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषिजलस्रोत पर्यटन र उद्योगको पुर्वाधान भन्ने मुल नाराको साथ धादिङ उद्योग बाणिज्य संघको आयोजनामा आठौँ धादिङ महोत्सव हुदैछ ।
उद्घाटन सत्र अघि रुवीभ्याली गाउँपालिकाको तामाङ सस्कृति घोडचढी नाथ देखि बेनिघाट रोराङ गाउँपालिकाको चेपाङ सस्कृतिसम्म लाई समेटेर झाँकी तथा शोभा यात्रा निकालिने महोत्सव मुलआयोजक समितिले जानकारी दिएको छ ।
यस्ता छन् महोत्सवकोे मुख्यआर्कषणहरु ः
स्थानीय तह भित्र उत्पादनहुने वस्तु तथा सेवाको प्रद्धर्शनी
कृषिप्रदर्शनी
सानातथा घरेलु उत्पादनको प्रद्धर्शनी तथा विक्री वितरण
विविध साँस्कृतिक प्रदर्शनी
पर्यटन प्रवद्र्घन सम्वन्धी विविध कार्यक्रमहरु
स्थानीय, राष्ट्रिय तथाअन्तराष्ट्रिय औद्योगिक वस्तुहरुको प्रदर्शनी तथा विक्री
हस्तकलाको प्रदर्शनी तथा विक्रि वितरण
राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुवाट दैनिक साँस्कृतिक प्रस्तुती
खनिज जन्यवस्तुको प्रदर्शनी तथा विक्री
जडिवुटीको प्रदर्शनी, विक्री तथा जानकारी
आदिवासीहरुको भेषभुषा, संस्कृति तथा रहन सहन को प्रदर्शनी
इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुहरुको प्रदर्शनी तथा विक्री÷सूचनाप्रविधी सम्बन्धी जानकारी
