गल्छीको कार्की डाडॅा माबिको शताव्दी महोत्सव सुरु

साकार पोष्ट कार्किडाँडा गल्छी । धादिङ जिल्लाकै पुराना बिद्यालयमा पर्ने धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ कार्किडाँडामा रहेको किराञ्चोक कार्किडाँडा माध्यमिक बिद्यालय स्थापना भएको १०० बर्ष पुगेकोको अवसरमा माघ १९ देखि २१ गते सम्म विभिन्न कार्यक्रमको आयोजना गरि शताव्दी महोत्सव आयोजना गरिएको छ ।हिजो माघ १९ गते शनिवार  नेपाल सरकारका कृषि तथा पशुपंक्षि मन्त्री रामनाथ अधिकारी र सोही बिद्यालयका पूर्व विद्यार्थी समेत रहनु भएका वागमती प्रदेश सरकारका पूर्व मुख्य मन्त्री शालिकराम जमकट्टेलले महोत्सवको उद्घाटन गर्नु भएको हो । महोत्सव ३ दिन सम्म विभिन्न कार्यक्रमका साथ सञ्चालन हुनेछ ।

बिज्ञापन

शताव्दि महोत्सव उद्घाटन कार्यक्रमलाई गल्छी गाउँपालिका अध्यक्ष केदार खतिवडा,पूव अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष भाईकाजी तिवारी, नेपाली काँग्रेस गल्छीका नेता गोपिप्रसाद रिमाल, नेकपा एमाले गल्छीका अध्यक्ष राजकुमार रिमाल, नेकपा माओवादी केन्द्र गल्छीका अध्यक्ष मोदनाथ खतिवडाका साथै विभिन्न वडाका वडाध्यक्षहरु, छिमेकी बिद्यालयका प्रधानाध्यापक, विभिन्न राजनैतिक दलका प्रतिनिधि, शिक्षापे्रमीहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

स्थापनाको एक सय बर्ष पुगेको अवसरमा विविध कार्यक्रम सहित शताव्दी  महोत्सव मनाउन लागेको विद्यालयले जानकारी दिएको छ । सो अवसर पारेर गल्छी गाउँपालिका स्तरीय अन्तर मावि हाजिरी जवाफ प्रतियोगिता, खेलकुद, शिक्षक बिद्यार्थीहरुबाट नृत्यका साथै पूर्व शिक्षक, बिद्यार्थी, बिद्यालयका संस्थापकहरुलाई सम्मान कार्यक्रम राखिएको बिद्यालयका प्रधानाध्यापक पुरुषोत्तम अधिकारीले जानकारी दिनु भयो ।

बिक्रम सम्वत १९८२ माघ २१ गतेका दिन भाषा पाठशालाका रुपमा स्थापना भएको किराञ्चोक कार्कीडाँडा मावि गल्छी गाउँपालिकाको मात्रै होइन जिल्लाकै पुरानो बिद्यालयको रुपमा चिनिन्छ । धेरै बर्ष सम्म खुल्ला चौर, चौतारो, कटुसे छाप्रो, ढुंगा माटोको गाह्रो भएको कोठामा पढाई सञ्चालन हुने गरेकोमा अहिले सुविधा सम्पन्न भवन सहितको विद्यालयमा पठन पाठन हुने गरेको छ । 

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा