गल्छी गाउँपालिकामा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

साकार पोष्ट गल्छी बैरेनी  गल्छी गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ का १४४ योजनाहरुको सार्वजनिक विवरण प्रस्तुत गर्दै सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिकाको आयोजनामा असार २४ गते सम्पन्न कार्यक्रममा विभिन्न योजनाहरुको कार्यान्वयन, सेवा प्रवाह, बजेट खर्चको अवस्था र भावी योजना सम्बन्धमा जानकारी दिइएको थियो।

बिज्ञापन

कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष श्री केदार नाथ खतिवडा उपाध्यक्ष,भाईकाजी तिवारी प्रमुख प्रशासकिय अधिकृत कृष्ण हरि पौडेल वडाध्यक्षहरु, विभिन्न क्षेत्रका सरोकारवालाहरु, कर्मचारी तथा नागरिकको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको कामकारबाहीमा प्रत्यक्ष सुझाव तथा प्रश्न राख्ने अवसर पाएका थिए।

सार्वजनिक सुनुवाइमार्फत स्थानीय सरकार र नागरिकबीच पारदर्शिता, जवाफदेहिता र समन्वय कायम गर्न सहयोग पुग्ने विश्वास आयोजकको छ।

कार्यक्रमको सञ्चालन सूचना शाखा तथा योजना शाखाको समन्वयमा गरिएको थियो।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा