साकार पोष्ट फागुन २ गल्छी बैरेनी। गल्छी गाउँ पालिकाको गल्छी ४ मासटार गत माघ २८ गते सन्चालन भएको गल्छी गाउँ पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ। गल्छी गाउँ पालिकाको नौ वटा विधालय सहभागी भएको उक्त प्रतियोगितामा गल्छी ६ बैरेनीको द राईजिङ भिलेज सात स्वर्ण पॉच रजत चार कांस्य सहित कुल सोह्र पदक जिति प्रथम तथा श्री जनकल्याण मा वि गल्छी ४ मासटार पॉच स्वर्ण आठ रजत सात कास्य सहित कुल बिस पदक जिति द्वितीय भएको छ भने श्री बागेश्वरी मा वि बैरेनी चार स्वर्ण पॉच रजत दुई कांस्य सहित कुल एघार पदक जिति तेस्रो भएको थियो।


भिजिटर संख्या : 200