साकार पोष्ट मंसिर ८ गल्छी धादिङ १३ औ राष्ट्रिय कर दिवसको अवसरमा गल्छी गॉउपालिका वडा नं ७ गल्छी बजारमा रहेको करदाता सेवा कार्यालय गल्छीले बिभिन्न कार्यक्रमको आयोजना गरि कर सप्ताह यही मंसिर १ गते देखि ७ गते सम्म समापन गरेको हो । कर सप्ताहको अबसरमा गल्छी करदाता सेवा कार्यालयले घरदैलो कार्यक्रम जनचेतना कार्यक्रम गरी मंसिर ७ गते करदाता सेवा कार्यालयमा गल्छीमा गल्छी गॉउपालिका उपाध्यक्ष भाईकाजी तिवारीको प्रमुख अतिथि तथा नुवकोट उधोग बाणिज्य संघको अध्यक्ष गल्छी गॉउपालिकाको प्रसाशकिय अधिकृत उषा अधिकारीको अतिथि तथा गल्छी करदाता सेवा कार्यालयका अधिकृत लक्ष्मी खड्काको सभापतित्वमा कार्यक्रम गरी धादिङ जिल्लाको सबै भन्दा बढी कर तिर्ने आर्जित कन्स्ट्रक्सन प्रा.लि. बेनिघाट तथा नुवाकोटको सबै भन्दा बढी आयकर तिर्ने शृङ्खला निर्माण सेवा प्रा.लि.बिदुर कर तिर्ने करदातालाई सम्मान गरेको छ ।
गल्छी करदाता सेवा कार्यालयलो आफ्नो कार्यालयमा लामो समयदेखि कार्यरत ईमान्दार मेहनती कर्मचारी उत्कृष्ट कर्मचारीको रुपमा राहुल शेर्पालाई सम्मान गरेको छ ।