गल्छि–८ चकमकेस्थित गोगनपानी आधारभूत विद्यालयमा न्यानो कपडा वित

साकार पोष्ट गल्छी मंसिर २९ धादिङ जिल्लाको गल्छि गाउँपालिका वडा नं. ८ चकमकेस्थित गोगनपानी आधारभूत विद्यालयमा सुरवि फाउन्डेसनद्वारा न्यानो कपडा वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

बिज्ञापन

जाडो मौसमलाई मध्यनजर गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो। कार्यक्रमका लागि सुरवि फाउन्डेसनका संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि कविन शाक्यको विशेष सहयोग रहेको थियो। त्यस्तै, कार्यक्रम सफल बनाउन तथा न्यानो कपडा व्यवस्थापनका लागि नेपाली कांग्रेस गल्छिका उपसभापति अमृता लामाले विशेष पहल गर्नुभएको आयोजकले जनाएको छ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितबहादुर लामाले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा गल्छि गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष विशाल लुङ्गेली मगर रहनुभएको थियो। विशेष अतिथिहरूमा वडा सदस्यहरू सुनिल तामाङ, गोकर्ण अर्याल, अमृत थापा लगायत स्थानीय समाजसेवी, अभिभावक तथा विद्यालयका शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका अवसरमा वक्ताहरूले विपन्न तथा ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई लक्षित यस्ता सामाजिक सहयोग कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक निरन्तरतामा सहयोग पुग्ने विश्वास व्यक्त गरे। न्यानो कपडा प्राप्त गरेपछि विद्यार्थीहरू खुसी देखिएका थिए भने उनीहरूले आयोजक संस्था तथा अतिथिहरूप्रति आभार व्यक्त गरेका थिए।

विद्यार्थीहरूको अनुहारमा देखिएको खुसी र मुस्कानले कार्यक्रमको उद्देश्य सफल भएको सहभागीहरूले बताएका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा