साकार पोष्ट गल्छी कार्तिक ३ गल्छी गॅाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा यही कार्तिक ११ गते देखि १३ गते सम्म गल्छी गॅाउपालिका वडा नं ८ छाङ्गेश्वर महादेव मन्दिर परिसरमा गल्छी गॅाउपालिका अन्तरवडास्तरीय पुरुष भलिबल प्रतियेगिता हुने भएको छ ।
उक्त प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ३०००० र मेडल दोस्रो हुने टिमले मेडल र रु २५००० तथा तेस्रो टिमले रु २०००० र मेडल पुरस्कार पाउने गल्छी शिक्षा युवा तथा खेलकुद शाखाले जानकारी दिएको छ ।
उक्त प्रतियोगितामा सहभागि हुने टिमले यही कार्तिक ९ गते अपराह्न ३ बजे भित्र दर्ता गराउने पर्ने सुचना मार्फत जानकारी दिएको छ ।
भिजिटर संख्या : 515