गल्छीमा भारतीय बस दुर्घटना एकको मृत्यु दर्जन भन्दा बढी घाइते

साकार पोष्ट आषाढ ८ गल्छी काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको यात्रु बस धादिङको गल्छीमा दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दर्जनभन्दा घाइते भएका छन् ।

बिज्ञापन

एआर ०६ ई ७०३१ नम्बरको बस आज बिहान ८ः५५ बजे गल्छी गाउँपालिका–७ को गल्छी मोडमा काठमाडौं जादै गरेको ना ६ ख ४९४० नम्बरको कन्टेनर ट्रकलाई ठक्कर दिई दुर्घटना भएको हो ।

उक्त बसमा ३० जना यात्रुहरु थिए । तीमध्ये केही घाइते भएका र उनीहरुलाई गल्छीको अम्बी भरोसा अस्पताल उपचार भइरहेको छ । घाइतेहरुमध्ये भारतको राजस्थानको एक १२ वर्षको एकजना बच्चाको मृत्यु भएको छ ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले भने बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा