साकार पोष्ट गल्छी पुस ३० गल्छि गाउँपालिका वडा नम्बर ८ गोगनपानी चुलीमा रहेको बाघ बच्छला महादेवको मन्दिरमा हिजो क्षमा पुजा गरीएको छ।केहि बर्ष अघि पनि गाउँगा दिउँसै बाघ आउन थालेपछि यस्तै पुजा गरिएको थियो पुजा गरिए पछि गाउॅमा बाघले दुख नदिएको स्थानीय नवराज रेग्मीले जानकारी दिनुभयो।विशेष गरी बाघ बच्छला महादेवको मन्दिरमा पुजाआजाको विधि विग्रीदा बाघले दुख दिने गरेको धार्मिक विश्वास रहिआएको क्षमा पुजा गरिएको स्थानीयहरुले बताएका छन्।
विशेष गरी बाघ र बाछीसँग जोडिएको धार्मिक कथन अनुसार पुजाको विधि बिग्रीयो भने दिउँसै बाघ आउने,कराउने,गाउँमा बस्ने र दुख दिने गरेको किंवदन्ती रहेको छ।यसबर्ष पनि गाउँमा बाघ आएर दुख दिने गरेपछि सामुहिक रुपमा बा्रमण बोलाएर क्षमा पुजा गरीएको हो।गल्छि गाउँपालिका वडा नम्बर ८ को चुली,सिम्पानी,डाँडागाउँ,नयाँगाउँ,नेपाल थोक लगायतका स्थानीयहरु मिलेर रुद्री पुजा सहित क्षमा पुजा गरीएको स्थानीयले बताएका छन् ।
गल्छि गाउँपालिका वडा नम्बर ८ मा रहेको बाघ बच्छला मन्दिरमा आफुले जे माग्यो उहि पुग्ने धार्मिक विश्वास समेत रहेको छ ।गल्छि गाउॅपालिकाको गल्छी बजारवाट ४५ मिनेटको सवारी साधनबाट पुग्न सक्ने उक्त मन्दिरको प्रचार प्रसार तथा पुर्ननिर्माणको लागि स्थानीयले सरकारले समयमानै ध्यान दिने हो भने आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्ने स्थानीयहरु बताउनु हुन्छ।
