साकार पोष्ट पुस २१ गल्छी। सेवाको लागि युवासस्थाद्धारा आज गल्छीगाँउपालिकाको वडा नं ६ मा एक कार्यक्रमको आयोजना गरी गल्छीगाँउपालिका अध्यक्ष कृष्ण हरि श्रेष्ठ लाई स्वास्थ्य सामाग्री का साथै अस्पताल उपकरण हस्तान्तरण गरिएको छ। उक्त सामाग्री बैरेनी आयुर्वेद औषधालय पाल्चोक तथा थालचौरलाई वितरण गरिने छ। उक्त कार्यक्रममा गल्छीगाँउपालिका वडा नं ६ का वडाअध्यक्ष राजन श्रेष्ठ तथा गल्छीगाँउपालिका स्वास्थ्य संयोजक रामप्रसाद ज्ञवालीको समेत उपस्थिति रहेको थियो। उक्त संस्थाद्वारा वितरण गरिने सामाग्रीहरु :
बैरेनी आयुर्वेद औषधालय, पाल्चोक
X-Ray 100 MA – 1
CR Machine set – 1
Oxygen Concentrator – 1
Bed – 4
ECG 12 Channel – 1
Bedside Locker – 4
Oxygen Reservoir Bag – 4
Surgical Gloves – 50 box
Masks – 50 box
आधारभुत स्वास्थ्य सेवा केन्द्र, थालचौर
Bedside Locker – 4
Gloves – 25 box
Masks – 35 box
Sanitizer – 100 pc
