पुस्तक तथा स्टेशनरी व्यवसायी सघं धादिङको अध्यक्षमा कृष्ण प्रसाद रिमाल सर्व सहमत चयन

साकार पोष्ट गल्छी बैरेनी साउन २७।पुस्तक तथा स्टेशनरी व्यवसायी संघ धादिङको सत्रौ वार्षिक साधारण सभा तथा आठौ अधिवेशन आज त्रिशुली रिभर विच क्याम्प खटौटी चरौदीमा सम्पन्न भएको छ। ।गुणस्तरीय उत्पादन,मर्यादित ब्यापार निति निर्माणमा पहुँच साङ्गठनिक आधार भन्ने नाराका साथ सम्पन्न साधारण सभाले अध्यक्षमागल्छी बैरेनीका श्री कृष्ण प्रसाद रिमाललाई चयन गरि नयॅा कार्यसमिति चयन गरेको छ ।
नवगठित समितिको प्रथम उपाध्यक्षमा रस्मिता अधिकारी, द्धितिय उपाध्यक्षमा दान बहादुर श्रेष्ठ (हरि), सचिवमा राम प्रसादरुपाखेती,सह– सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा रविन्द्र रिजाल रहेका छन् ।
नव गठीत समितिको सदस्यहरुमा सरिता रुपाखेती, धुव्रराज ईटनी, राजेन्द्र रानामगर,अनिश श्रेष्ठ, सन्तोष दुवाडी, रोस्मित अधिकारी, कल्पना अर्याल र राजेन्द्र मिश्र रहेका छन् ।
साधारणसभाकै अवसरमा बिनोद कडेलको संयोकजत्वमा ३ सदस्यीय लेखा समिति पनि चयन गरीएको छ । जसको सदस्यहरुमा नविनश्रेष्ठ र रामप्रसाद रिजाल चयन भएका छन् ।
साधारण सभा तथा अधिबेशन संघका निवर्तमान अध्यक्ष पन्चकुमार श्रेष्ठको अध्यक्षता तथा संघका बागमती प्रदेशका अध्यक्षनारायणकुमार श्रेष्ठको प्रमुख आतिथ्यता र संघका बागमती प्रदेशका सल्लाहकार सदस्य तुलसी प्रसाद अधिकारीको बिशेष आतिथ्यतासम्पन्न भएको थियो।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा