काभ्रेपलाञ्चोक । ललितपुरको नख्खु कारागार तोडेर भागेका एक कैदीले आफ्नै पत्नीको हत्या गरेका छन्।
पनौती नगरपालिका–१२, गागल निवासी ३५ वर्षीय सन्तबहादुर तामाङले आइतबार ३० वर्षीया पत्नी मनिषा घ्यावा तामाङको हत्या गरेको वडाध्यक्ष जयराम केसीले जानकारी दिएका छन्।
सन्तबहादुर जबरजस्ती करणी मुद्दामा नख्खु कारागारमा सजाय काटिरहेका थिए। गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा अन्य ७ सयभन्दा बढी कैदीसँगै उनी कारागारबाट भागेका थिए।
हत्यापछि उनी हालसम्म प्रहरी नियन्त्रणमा नरहेको र घटनास्थलमा इलाका प्रहरी कार्यालय बनेपाको टोली पुगेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
भिजिटर संख्या : 184