साकार पोष्ट फाल्गुन २१ गल्छी बैरेनी धादिङको गल्छी गाउँपालिका अव आफ्नै नवनिर्मित प्रशासकिय भवनबाट सञ्चालन हुने भएको छ । अहिले वडा नम्बर ६ स्थित अम्लेश्वर महादेव मन्दिर परिसरमा सञ्चालनमा रहेको कार्यालय यहि फागुन २३ गते देखी पुरानो बैरेनी गाबिस कार्यालय रहेको भवनमा नयॉ नवनिर्मित प्रशासकिय भवनबाट सेवा सुचारु हुने प्रमुख प्रशासकिय अधिकृत नविन गङतान लामाले सुचना जारी गर्दै जानकारी दिनुभयो ।
यहि फागुन २२ गते नवनिर्मित प्रशासकिय भवनमा सर्ने कार्यक्रम रहेको र उक्त दिन अत्यावश्यक सेवा बाहेक सम्पुर्ण सेवा बन्द हुने सुचना दिएको छ ।
भिजिटर संख्या : 639