साकार पोष्ट असार २१ धादिङ, बेल्खु — धादिङ जिल्ला पेट्रोलियम डिलर्स एशोसिएसनको १४औं साधारणसभा तथा ९औं अधिवेशन कार्यक्रम आज ट्रिपल क्राउन, मासटारमा
सम्पन्न भएको छ। नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष श्री लिलेन्द्र प्रसाद प्रधानज्यूको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रम महासचिव श्री विश्व प्रसाद अर्याल र सहसचिव श्री श्याम कुमार बुढाथोकीज्यूको विशेष आतिथ्यमा सम्पन्न भएको हो।
कार्यक्रमको सभापतित्व एशोसिएसनका वर्तमान अध्यक्ष श्री दीपकान्त थपलियाज्यूले गर्नुभएको थियो। बन्द सत्रपश्चात सम्पन्न निर्वाचन कार्यक्रमबाट पुनः दोस्रो कार्यकालका लागि श्री थपलिया सर्वसम्मत अध्यक्षमा चयन हुनुभएको छ।
त्यसैगरी, उपाध्यक्षमा श्री केशव अधिकारी, सचिवमा श्री पुरुषोत्तम अर्याल, कोषाध्यक्षमा श्री शेषकान्त कँडेल र चारजना सदस्यहरू सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत नारद प्रसाद भण्डारीले घोषणा गर्नुभयो।
नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि र विशिष्ट अतिथिहरूद्वारा टिका, माला र प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। कार्यक्रममा अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै नवगठित कार्यसमितिको सफल कार्यकालको कामना गरे।
समापन घोषणा गर्दै कार्यक्रममा अध्यक्षज्यू सहित सम्पूर्ण नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो।