साकार पोष्ट गल्छी बैरेनी आषाढ २१। गल्छी गॅाउपालिका वडा नं ७ स्थित गल्छी बजारमा रहेको हिमालयन बैङ्कको सहायक कम्पनी हिमालयन लघुबित्त बित्तिय सस्था लि ले आफ्नो १२ औ वार्षिकत्सबको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत आज गल्छी गॅाउपालिका वडा नं ५ मा रहेको जलकन्या आ बि पाल्चोकमा एक कार्यक्रम गरि कक्षा १ देखि ५ सम्मका ७० जना बिधार्थीहरुलाई झोला बितरण गरिनुका साथै उक्त बिधालयमा अध्ययनरत बिधार्थीहरुलाई खाजा समेत खुवाईएको छ।
उक्त कार्यक्रममा गल्छी हिमालयन शाखाका प्रमुख राज कुमार ढकालले बिधार्थीहरुलाई झोला बितरण गर्नु भएको थियो। भने उक्त कार्यक्रममा बिधालय ब्यबस्थापन समितिका पदाधिकारीहरु तथा बिधालयका शिक्षकहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

हिमालयन लधुबित्तले प्रत्येक बर्ष आफ्नो बार्षिक उत्सब सामाजिक कार्य गदै आईरहेको छ भबिष्यमा पनि एस्ता कार्यक्रमहरु सन्चालन गर्दै जाने गल्छी शाखाका प्रमुख राज कुमार ढकालले बताउनु भएको छ।
