साकार पोष्ट गल्छी गॅाउपालिकामा यही मिती २०८० साल फागुन २४ गते गल्छी गॅाउपालिका वडा नं ८ स्थित छाङ्गेश्वर महादेव मन्दिर परिसरमा बिहान १० बजेबाट वडास्तरीय भलिबल खेलको उद्घाटन भई बेलुका ५ः३० बजे खेल समापन हुने गल्छी गॅाउपालिकाको शिक्षा अधिकृत पेमा दोर्जे थोकरले जानकारी दिनुभएको छ।
उक्त भलिबलखेलमा प्रथम हुनेलाई गल्छी गॅाउपालिकाले सोह्र हजार रुपैया र द्धितीय हुने टिमलाई बाह्र हजार नगद सहित सम्मान गर्ने शिक्षा शाखाले जानकारी दिएको छ। गल्छी गॅाउपालिकाको शिक्षा अधिकृत भई सरुवा भई आए देखि नै बिभिन्न खेलहरुको आयोजना गर्दै आउनु भएका शिक्षा अधिकृत पेमा दोर्जे थोकर खेल प्रेमी पनि हुनुहुन्छ केही दिन अघि नमुना बागेश्वरीले आयोजना गरेको चेस प्रतियोगितीमा समेत आफै भाग लिई सहभागिता जनाउनुभएको थियो भने केही महिना अघि आफैले पनि चेस प्रतियोगिता आयोजना गर्नुभएको थियो।