साकार पोष्ट माघ १७ गल्छी प्रथम गल्छी गॅाउपालिका अध्यक्ष कप जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता आज बाट गल्छी गॅाउपालिका वडा नं ८ को छाङ्गेश्वर महादेव मन्दिर परिसरमा गल्छी गॅाउपालिका अध्यक्ष केदार नाथ खतिवडाले उद्घाटन गर्नु भएको छ । उक्त कार्यक्रमको सभापतिमा गल्छी गॅाउपालिका शिक्षा शाखा प्रमुख धिरज बस्नेत बिशेष अतिथिमा गल्छी गॅाउपालिका उपाध्यक्ष भाईकाजी तिवारी रहनुभएको थियो भने अतिथिहरुमा जिल्ला खेलकुद बिकास समितिका प्रमुख रमेशमान तुलाधर धादिङ तेक्वान्दो संघका का वा अध्यक्ष डेनिड बि क गौतम श्रेष्ठ तथा राजनितिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको उक्त प्रतियोगिता भोलि सम्म सन्चालन रहनेछ ।गल्छी तेक्वान्दो डोजाङको आयोजना भएको उक्त प्रतियोगितामा धादिङ जिल्लाका बिभिन्न बिधालयका बिधार्थीहरुको सहभागिता रहेनेछ । उक्क प्रतियोगिताका बिजेताहरुले समापनको दिन ट्रफि तथा प्रमाण पत्र पाउने आयोजकले बताएका छन् ।