साकार पोष्ट फाल्गुन २१ चितवन जिल्ला प्रहरी कार्यालय चितवन ले निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरीका अनुसार मिति २०८२/११/२९ गते दिउँसो करिब १२:०५ बजे भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालय मा रहेको मतदान केन्द्र बाहिर आचारसंहिता विपरीत गतिविधि भइरहेको सूचना पाएपछि खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिइएका व्यक्तिहरू धादिङ जिल्ला गल्छी गाउँपालिका–२ घर भई हाल भरतपुर–७ बस्ने २९ वर्षीय सुमन श्रेष्ठ, (चितवन जिल्ला सेक्रेटरी – ने.क.पा बहुमत) चितवन जिल्ला कालिका नगरपालिका–४ घर भई हाल भरतपुर–१० बस्ने २१ वर्षीय किरण गौतम, (विद्यार्थी संगठन चितवन जिल्ला संयोजक – ने.क.पा बहुमत)
प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जनाएको छ।