मेरा विरुद्ध कुनै मुद्दा वाकि छैन रहेछ भने अघिल्लो जन्मको समेत तिर्ने छु ; रवि लामिछाने

साकार पोष्ट साउन २६ काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आजकाे मितिसम्म आफु विरुद्ध कुनै मुद्दा र लेनदेनको विषय बाँकी नभएको बताएका छन्।सामाजिक सञ्जालमा रवि लामिछानेले आफु विरुद्ध धेरै मुद्दाहरू बाँकी रहेको अमेरिकामा हुँदा लेनदेनको विषयहरू पनि यथावत् नै रहेका आरोपहरूको खण्डन गर्दै लामिछानेले उक्त कुरा बताएका हुन्।उनले अमेरिकाको नागरिकको नागरिकता समेत लिएको आरोप उनलाई लाग्ने गरेको छ।उनले सामाजिक सञ्जालमा थुप्रै आरोपको खण्डन गर्दै लेखेका छन्, ‘अमेरिकामा आफ्नो जायजेथा बेच्दा, सबै ऋण नतिरी बेच्न मिल्दैन। मैले सबै तिरोतारो सकिसकेंको छु। न मेरो ऋण बाकी छ न मेरो नाममा कुनै सम्पत्ती नै छ। प्रक्रिया त सबैले पूरा गर्नु पर्छ। ‘ओपन’ लेखिएको एउटा केसमा तिर्नु पर्दैन भनेर वादीले नै फिर्ता गरेको ‘डिसमिस’ लेखेकै छ। यी सबै मेरो व्यवशायसँग सम्बन्धित क्रेडिटर र भेन्डरसँगका विषय हुन्।’ उनले आफूसँग सम्बन्धित विषयमा भागेको, लुकेको, ठगेको केही पनि नभएकाे बताउँदै नियतवश ब्यक्तिगत लेनदेन समेत गरि कसैलाई केही तिर्नु पर्ने बाँकी नराखेको बताएका छन्। उनले लेखेका छन्, ‘फेरी निकै वर्ष भयो। मैले त भुली पनि सकें तर मलाई सम्झेर यति पुरानो कुरा खोजेर यो जानकारी उपलब्ध गराउने शुभ चिन्तकहरु प्रति आभारी छु। यो दुनियाँमा आजका मितिसम्म मेराविरुद्ध कुनै मुद्दा भएको मलाई जानकारी छैन। थाहा पाएं भने अघिल्लो जन्मको समेत तिर्छु। शुभ चिन्तक हुन् त मेरा जस्ता जो संसार भुलेर मेरो चिन्ता गर्छन्।’सञ्चार क्षेत्रमा चर्चित भएका रवि लामिछाने सञ्चार छोडेर राजनीतिमा प्रवेश गरे सगै विभिन्न मुद्दालाई अधुरो छाडेर राजनीति रोजेको जस्ता आरोपहरू छन्।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा