नेकपा एमाले गल्छीले वडा स्तरिय भलिबल सञ्चालन गर्ने

साकार पोष्ट गल्छी धादिङ, २३ फागुन २०८१ । नेकपा एमाले गल्छी गॅाउकमिटिको आयोजनामा गल्छीमा अन्तर वडा स्तरिय पुरुष भलिवल प्रतियोगिता  हुने भएको छ । नेकपा एमाले गल्छी गाउँकमिटिको आयोजनामा हुने उक्त प्रतियोगिता यहि फागुन २७ र २८ गते  गल्छी गॅाउपालिका वडा नं ८ को छाङ्गेश्वर महादेव मन्दिर परिसरमा प्रतियोगिता सन्चालन हुने ।

बिज्ञापन

युवाहरुको चाहाना बमोजिम यही फाल्गुण २७ र २८ गते अन्तर वडा पुरुष भलिवल प्रतियोगिताको आयोजना  गरिएको नेकपा एमाले गल्छीका अध्यक्ष राजु रिमालले बताउनु भयो ।

प्रतियोगिताको विजेताले नगद २० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद १५ हजारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै तेस्रो हुनेले नगद १० हजारसहित ट्रफि मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले नगद एक हजार सहित ट्रफि मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगितामा भाग लिन इच्छुक टिम फागुन २६ गते सोमबार सम्म दर्ता भईसक्नु पर्ने बताईएको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा