साकार पोष्ट बैशाख १२ नुवाकोट। २०७९ साल बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नुवाकोटको तार्केश्वर गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट युवा नेता तथा समाजसेवी शिव अधिकारी उम्मेदवार बनाउने भएको छ ।
विगत लामो समयदेखि सामाजिक कार्यमा सक्रिय रहनुभएका अधिकारीलाई नेपाली काङ्ग्रेस नुवाकोटको हिजो दिउँसोदेखि आज विहार ३ बजेसम्म चलेको छलफल पछि अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । नेपाली काङ्ग्रेस नुवाकोटले तार्केश्वरमा गठबन्धन गर्ने निर्णय गरेको छ भने उपाध्यक्ष नेकपा माओवादी केन्द्रले पाउने छ ।


भिजिटर संख्या : 141