साकार पोष्ट असोज ७ धादिङ । धादिङ गल्छी गाउपालिका ७ निवासी पूर्णिमा लामा तामाङले नवदुर्गा पार्टी भेन्यु सुकेधारा काठमान्डौमा आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ अन्तर्गत आधुनिक तथा पप विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड प्राप्त गरेकी छिन् ।
पूर्णिमा स्वरमा ५०दर्जन भन्दा बढी गितहरु सार्वजनिक भई सकेका छन् जसमध्ये फूल भनुँ जिन्दगीलाई, मुटु जलि खरानी भो,ओईलिएको फुल भयो, जिन्दगीमा मैले, कस्ले बुझ्ने,एकपल्ट भन्ने गीतहरु हुन् भने हाल सार्वजनिक भएका गितहरु धेरै माया नगर्नु यहाँ कसैलाई,जिवनको यो आफ्नै नाटक, रिसले होकी मायाले लगायत गितहरु चर्चित रहेका छन्।
१० वर्ष देखि राजधानी लगाएत देशका बिभिन्न भागहरुका साथै विदेशमा समेत आफ्नो गायन क्षेत्रमा पकड जमाईरहेकी छन्।
भिजिटर संख्या : 770