गल्छी गोगनपानी स्वास्थ्य चौकीलाई भारत सरकार द्धारा एम्बुलेन्स उपहार

साकार पोष्ट गल्छी आषाढ ३१। धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ मा रहेको गोगनपानी स्वास्थ्य चौकीलाई  वडा अध्यक्ष विशाल लुङ्गेली मगरको विशेष पहलमा आज भारतिय राजदुतावासले एम्बुलेन्स प्रदान गरिएको हो। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीअशोककुमार राईको उपस्थितिमा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले उक्त एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । 

बिज्ञापन

नेपाल–भारत मैत्री बिकास साँझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स हस्तान्तरण गरिएको हो । काठमाण्डौंमा भएको एक कार्यक्रमका बिचवडाअध्यक्ष लुङ्गेलीलाई एम्बुलेन्सको साँचो प्रदान गरिएको थियो ।

वडाअध्यक्ष लुङ्गेलीले एम्बुलेन्स प्राप्त भएको र गोगनपानी स्वास्थ्य चौकीमा रहने उक्त एम्बुलेन्सले गल्छी गाउँपालिका वडा नम्बर ८ कावासिन्दा र आपतकालिन अवस्थामा अन्य क्षेत्रका वासिन्दाको स्वास्थ्य सेवामा सहयोग पुग्ने बताउनु भएको छ ।

सन् १९९४ यता भारतले आजको सहित हालसम्म नेपालका विभिन्न जिल्लामा रहेका विभिन्न संघ संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४वटा स्कुल बस उपहारस्वरूप उपलब्ध गराइसकेको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा