गल्छीमा रहेको हिमालयन लधुवित्तले बिमा रकम हस्तान्तरण

गल्छी, धादिङ | हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड, गल्छी शाखाले आफ्ना सदस्य मनु श्रेष्ठको निधनपछि बीमा अन्तर्गतको दावी रकम मृतकका पति संगम श्रेष्ठलाई हस्तान्तरण गरेको छ।

बिज्ञापन

बीमा दावी फाराम अनुसार सदस्य मनु श्रेष्ठ (सदस्य नं. ०४४०५१०१०५) को निधन भएको थियो। मृत्युपछि बीमा रकम कर्जा रु २००००० मध्ये तिर्नबाकी १५८३५३ कर्जा मिनाह गरि बाकी रहेको रकम र काज किरिया खर्च सदस्यको पतिलाई रु. ६६,६४७ रुपैया गल्छी शाखाका शाखा प्रमुख राजकुमार ढकालले हस्तान्तरण गरिएको हो।

हिमालयन लघुवित्तले आफ्ना सदस्यहरूको दुःखद क्षणमा आर्थिक सहारा प्रदान गर्ने उद्देश्यसहित बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। यो कार्यक्रम सदस्यको परिवारमा परेको संकटमा केही राहत मिलोस् भन्ने उद्देश्यले ल्याइएको राजकुमार ढकालले बताउनुभएको छ ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा