चितवनमा मोटरसाईकलाई ट्रकले ठक्कर दिदॅा मोटरसाईकल चालकको मृत्यु

साकार पोष्ट मोटरसाईकलाई ट्रकले ठक्कर दिदा गए राति मुग्लिन नारायणघाट सडक खण्डमा एक जनाको मृत्यु भएको छ । नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत पर्ने भरतपुर म.न.पा. २९ दासढुङ्गमा राति १ः५० बजे दुर्घटना भएको हो । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको ना ७ ख ७६४ नम्बरको ट्रकले विपरित दिशाबाट जादै गरेको ना ५५ प ८१९९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटर साइकल चालकको मृत्यु भएको जुगेडी प्रहरी चौकीले जानकारी दिएको छ । मृतकको नाम थर ठेगना खुली नसकेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा परेको दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरी चौकी जुगेडीले आफ्नो नियन्त्रणमा लिएको छ ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा