साकार पोष्ट मंसिर १ गल्छी। दशौं राष्ट्रिय कर दिवसको अवसरमा गल्छी करदाता सेवा कार्यालयले आज गल्छीगाँउपालिका वडा नं ७ स्थित गल्छी बजारको आफ्नो कार्यालय परिसरमा एक कार्यक्रम आयोजना गरी करदाता सम्मान तथा अन्तरक्रिया कार्यक्रम गल्छीगाँउपालिकाको अध्यक्ष कृष्ण हरि श्रेष्ठको प्रमुख अतिथिमा सम्पन्न भएको छ भने कार्यक्रमको सभापतित्व गल्छी करदाता सेवा कार्यालयका कर अधिकृत सोभाकर खनालले गर्नुभएको थियो। उक्त कार्यक्रममा आ.व २०७७/०७८ सबै भन्दा बढी कर तिर्ने नुवाकोटको आशा लघुवित्त धादिङको बि के इन्टरप्राइजेजका सन्चालक तथा धुनिबेशी नगरपालिकाका मेयर बाल कृष्ण आर्चाय तथा कर्मचारी तर्फ पेम कुमार श्रेष्ठलाई सम्मान गरिएको थियो।




भिजिटर संख्या : 113