बिल्केश्वर युवा क्लबद्वारा वित्तीय साक्षरता तथा सेयर बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

धादिङ — बिल्केश्वर युवा क्लबको आयोजनामा तथा जनकल्याण मावि र इम्पेरियल सेक्युरिटीज कम्पनी लिमिटेडको सहकार्यमा आयोजित वित्तीय साक्षरता तथा सेयर बजारसम्बन्धी अन्तरक्रिया कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

बिज्ञापन

कार्यक्रममा विद्यार्थी, शिक्षक, स्थानीय बासिन्दा तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो। वित्तीय क्षेत्रमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा सेयर बजार, लगानीको आधारभूत जानकारी, जोखिम व्यवस्थापन तथा आधुनिक आर्थिक प्रणालीबारे व्यापक छलफल गरिएको थियो।

कार्यक्रमको सहजीकरण इम्पेरियल सेक्युरिटीज कम्पनी लिमिटेडका प्रतिनिधि सुजन सापकोटा द्वारा गरिएको थियो। उनले सेयर बजारको वर्तमान अवस्था, लगानीका अवसर तथा युवाहरुले वित्तीय निर्णय कसरी विवेकपूर्ण ढंगले लिन सकिन्छ भन्ने विषयमा जानकारी प्रस्तुत गरेका थिए।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा साथ दिने विद्यालय परिवार, इम्पेरियल सेक्युरिटीज कम्पनीका प्रतिनिधि, शिक्षक–शिक्षिका, विद्यार्थी तथा सम्पूर्ण सहयोगीहरूप्रति आयोजक संस्था बिल्केश्वर युवा क्लबले हार्दिक कृतज्ञता व्यक्त गरेको छ।

यस्ता कार्यक्रमहरूले युवामा वित्तीय सचेतना वृद्धि गर्नुका साथै भविष्यमा आर्थिक स्वतन्त्रता हासिल गर्न प्रेरणा मिल्ने विश्वास आयोजकले व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा