गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

साकार पोष्ट गल्छी धादिङको गल्छी गाउँपालिका–७ मा आशा लघुवित्त वित्तीय संस्था लिमिटेडद्वारा आयोजित वित्तीय साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न भएको छ। कार्यक्रम जेष्ठ सदस्य ढन्ड कुमारी सिलवालको सभापतित्वमा सम्पन्न भएको थियो।

बिज्ञापन

कार्यक्रमका प्रमुख अतिथि गल्छी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष हरि खतिवडाले लघुवित्त संस्थाबाट लिएको ऋणको सही सदुपयोग नभएका कारण विभिन्न आर्थिक तथा सामाजिक समस्याहरू देखिन थालेको उल्लेख गर्नुभयो। उहाँले ऋणलाई उत्पादनशील क्षेत्रमा प्रयोग गर्न सबैलाई आग्रह गर्नुभयो।

त्यसैगरी, कार्यक्रममा अतिथिका रूपमा गल्छी प्रहरी चौकीका प्रतिनिधिको उपस्थिति रहेको थियो। कार्यक्रममा आशा लघुवित्तका गल्छी शाखा प्रमुख शिव थापा मगरले वित्तीय संस्थाको उद्देश्य, सेवा तथा ऋण उपयोगको सही तरिकाबारे जानकारी गराउनुभएको थियो।

गोष्ठीमा सहभागीहरूले वित्तीय साक्षरता अभिवृद्धि, बचत तथा ऋणको प्रभावकारी उपयोगबारे छलफल गरेका थिए। कार्यक्रमले स्थानीय स्तरमा आर्थिक सचेतना बढाउन सहयोग पुगेको सहभागीहरूले बताएका छन्।

यो पनि पढ्नुहोस

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा

गल्छी गाउँपालिकाको छैटौँ राष्ट्रपति रनिङ शिल्डको उपाधि द राइजिङ भिलेज इङलिस बोडिङलाई