साकार पोष्ट बैशाख २३ गल्छी बैरेनी। गल्छी गॅाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा यही बैशाख २४ गते सोमवार गल्छी गॅाउपालिका वडा नं ८ मा रहेको छाङगेश्वर महादेव मन्दीर परिसरमा बृहत शैक्षिक अन्तरक्रिया कार्यक्रम हुने भएको छ। उक्त अन्तरक्रिया सहभागि हुन गल्छी गॅाउपालिका शिक्षा युवा तथा खेलकुद शाखाले सबै जनप्रतिनिधिहरू, राजनीतिज्ञहरू, शिक्षाप्रेमी महानुभावहरू, क्याम्पस सञ्चालक समितिका अध्यक्षहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका पदाधिकारीहरू, शिक्षक अभिभावक संघका अध्यक्ष लगायतका पदाधिकारीहरू, प्रधानाध्यापक तथा शिक्षकहरू, विद्यार्थीहरू, पत्रकार मित्रहरू लगायत समस्त शैक्षिक सरोकारवालाहरूलाई सहभागिताका लागि अनुरोध गरेको गल्छी गॅाउपालिका शिक्षा शाखा प्रमुख पेमा दोर्जे थोकरले बताउनु भएको छ।
भिजिटर संख्या : 184