गल्छी हत्याकाण्डका अभियुक्तहरु सार्वजनिक

साकार पोष्ट २९ वैशाख, धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले आज छुरा हानेर हत्या गरेको आरोपमा आमा छोरा सहित तीन जना अभियुक्तलाई शुक्रवार सार्वजनिक गरेको छ ।होटलमा खाजा खान आएका गल्छी ८ का विनोद थापा मगरलाई हत्या गरेको आरोपमा गल्छी ८ निवुवावोटोमा शानदार होटल एण्ड लजकी सञ्चालिका सरस्वती पनेरु पण्डित, उनका छोरा निरज पण्डित र किरण रानालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एवम् प्रहरी उपरिक्षक गौतम मिश्रले बताए ।घट्नामा प्रयोग भएको छुरा आज प्रहरी घटनास्थल भन्दा ३० मिटर तल त्रिशुली नदीतर्फको किनारमा शुक्रबार बिहान प्रहरीले फेला पारेको हो । अभियुक्तले सनाखत गरिसकेपछि बरामद गरिएको उनले बताए ।४७ वर्षीय आमा सरस्वती पनेरु पण्डित, २६ वर्षिय छोरा निरज पण्डित र पाल्पा तानसेन नगरपालिका १४ घरभई हाल गल्छी ८ बस्दै आएका ३० वर्षिय किरण रानालाई कर्तव्य ज्यान मुद्धामा धादिङ अदालतबाट तीन दिनको म्याद थप अनुमति लिई अनुसन्धान भैरहेको एसपी मिश्रले बताए पनेरुले केटीहरुलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृत्ति लगाई मानव बेचबिखन गरेको उजुरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरिएको एसपी मिश्रले बताए ।

बिज्ञापन

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा