साकार पोष्ट गल्छी बैरेनी आषाढ ९। इण्डियन तेक्वान्दो एसोसिएसनको आयोजनामा भारतको गोवामा यही असार ७ गते देखि ९ सम्म भएको ७ औं एसियन कप खुल्ला अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप-२०२४ मा नेपालको तर्फबाट सहभागि भएका धादिङका ५ खेलाडीहरुले ८ पदक हात पार्न सफल भएका छन् । एसियाका ११ वटा देशको सहभागीता रहेको यस प्रतियोगितामा गल्छी तेक्वान्दो डोजाङका खेलाडी आयुष रानाले दोहोरो पदक जित्न सफल भएका छन् । नेपालबाट २१ जना खेलाडीहरू सहभागी भएकोमा धादिङबाट ५ जना रहेका थिए । जसमा गल्छी गाउँपालिका वडा नं. १ सरस्वती माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विद्यार्थी आयुष रानाले जुनियर ग्योरोगी तर्फ स्वर्ण र एकल पुम्से तर्फ कास्य पदक जित्न सफल भएका छन् गेरोगि (Fight) जुनियर तर्फ आयुश राना मगर ३७ के जि प्रथम गल्छी, सुगम कुन्वार २७ के जि दृतिया गजुरी, सुपर्ब पन्डित ४८ के जि तृतीया थाक्रे प्रशान्त तामाङ ५५ के जि तृतीया मलेखु सिनियर तर्फ धन बहादुर गुरुङ ५४ के जि तर्फ तृतीया गंगाजमुना एकल पुम्से प्रशान्त तामाङ दृतिया आयुश राना मगर तृतीया सुपर्ब पन्डित तृतीया पदक हात पार्न सफल भएका छन्। तेक्वान्दोमा खेलमा २ वटै बिद्यामा प्रतिस्पर्धा गर्ने खेलाडीहरु एकदम न्युन हुन्छ । बिशेष गरी तेक्वान्दो खेलाडीहरुले कुनै एउटामा आफुलाई दक्ष बनाउँछन् तर यो दुवै बिद्यामा गल्छी तेक्वान्दो डोजाङका आयुष राना उत्कृष्ट रहेको कुरा प्रशिक्षक सुब्बा श्रेष्ठ बताउनुहुन्छ । कुनैपनि भौतिक पूर्वाधार र साधन श्रोत बिना पनि आफूले नि: शुल्क रुपमा प्रशिक्षण गराउँदै आएका खेलाडीले अन्तर्राष्ट्रिय मन्चमा पदक जितेर देश र गाउँ तथा पालिकाको नाम राख्न सफल भएकोमा आफ्नो मेहनतको कदर भएको महसुस गरेको छु । हाम्रो पालिकामा अझै यस्ता प्रतिभावान धेरै खेलाडीहरु रहेका छन् । यदि गाउँ पालिकाले यसको लागि जिम्मेवारी दिने हो भने पालिकाले गर्व गर्न लायक खेलाडीहरु उत्पादन गर्न आफू तयार छु । अवश्य पनि स्थानीय सरकारले आफ्नो वडा पालिका भित्र रहेका तेक्वान्दो सँगै बिभिन्न खेलका प्रशिक्षक र खेलाडीहरुलाई राजनैतिक रुपमा नहेरी पालिको गौरब र सम्पत्तिको रुपमा जगेर्ना गर्न दीर्घकालीन योजनाहरु आउने छ भन्ने आशा लिएका छौं ।