साकार पोष्ट असोज १२ गल्छी। धादिङ जिल्ला गल्छी गाँउपालिकाको वडा नं ६ बैरेनी बजार र ७ को गल्छी बजारको सडकमा लाखौं रुपैयाँ खर्च गरि जडान गरिएको सडक बत्ति र गल्छीगाँउपालिकामा पर्ने पृथ्वी राजमार्गमा र गल्छी देबिघाट त्रिशुली सडक खण्डमा गल्छी गाउँपालिकाले लाखौं रुपैयाँ खर्च गरि जडान गरिएको सि सि क्यामेरा केहीले मात्र सन्चालनमा आएको छ। बिग्रेको महिनौ दिन सम्म पनि केही वास्ता गरिएको छैन। गत बैशाखमा सम्पन्न भएको स्थानिय निर्वाचनमा गल्छीगाँउपालिकामा गठबन्धनको बहुमत कार्यपालिका सदस्यहरु छन्।

भिजिटर संख्या : 132