साकार पोष्ट गल्छी धादिङ असोज १३ नेपाली काग्रेस धादिङ प्रतिनिधि सभा क्षेत्रिय कार्यसमिति क्षेत्र नं १ धादिङ प्रदेश कार्यसमिति १ (क) र १ (ख) को प्रथम क्षेत्रिय सम्मेलन गल्छी गाउॅपालिका वडा नं ८ मा रहेको छाङ्गेश्वर महादेव परिसरमा आज सम्पन्न भएको छ।
नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य युवा नेता तथा कार्यक्रमको प्रमुख अतिथि प्रदिप पौडेलले पानसमा बत्ती बालेर उद्घाटन गरिएको उक्त कार्यक्रको सभापतिमा कुमार बहादुर सिंमखडा बिशिष्ट अतिथिमा केन्द्रीय सदस्य दिल मान पाख्रिन केन्द्नीय सदस्य उर्मिला थपलिया तथा अतिथिहरुमा प्रदेश सासद मधु कुमार श्रेष्ठ रमेश धमला शिब सुबेदी विश्व अर्याल माधव पाण्डे कृष्ण रिजाल लगायतका उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको स्वागत मन्तव्य रवि सुदन थापाले राख्नु भएको थियो
उक्त कार्यक्रममा बोल्दै नेपाली काग्रेस धादिङका निवर्तमान सभापति रमेश धमलाले नेपालमा संघिय सासदको सख्या धेरै भएको प्रदेश सासद तथा संरचना नि धेरै भएको तथा स्थानिय संरचनाको सख्या घटाउनु पर्ने बताउनु भएको थियो।
