गल्छी गाउँपालिकाको माध्यमिक तहको परीक्षा परिणाम सार्वजनिक, जनकल्याण मावि उतिर्णतामा अग्रस्थानमा

साकार पोष्ट गल्छी बैरेनी  — गल्छी गाउँपालिकामा २०८१ सालको माध्यमिक तह (कक्षा १२) को परीक्षामा कुल १८२ जना विद्यार्थी सहभागी हुँदा १०३ जना विद्यार्थी उतिर्ण भएका छन्।

बिज्ञापन

गाउँपालिकाभरिका विभिन्न सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका उक्त परीक्षामा सामुदायिक विद्यालय जनकल्याण माध्यमिक विद्यालयले उल्लेखनीय सफलता हात पारेको छ। उक्त विद्यालयबाट ३० जना विद्यार्थी सहभागी हुँदा २४ जना विद्यार्थी उतिर्ण भएका छन्।

त्यस्तै, निजी क्षेत्रतर्फ सफल नतिजा हासिल गर्न सफल “सक्सेस एकेडेमी” बाट ४४ जना सहभागीमध्ये ३० जना विद्यार्थी उतिर्ण भएका छन्।

किराञ्चोकस्थित कार्कीडाँडाबाट १९ जना सहभागीमध्ये ११ जना, बागेश्वरी माविबाट ६६ जना सहभागीमध्ये ३१ जना, र ‘द राइजिङ भिलेज’ स्कूलबाट २३ जना सहभागीमध्ये ७ जना विद्यार्थी उतिर्ण भएका छन्।

समग्रमा हेर्दा गल्छी गाउँपालिकामा यस वर्ष ५६.५९ प्रतिशत उतिर्ण दर देखिएको छ। जनकल्याण माविले सर्वाधिक उतिर्ण दर कायम राख्दै सामुदायिक विद्यालयहरू पनि प्रतिस्पर्धी रूपमा अगाडि बढ्न थालेका संकेत देखिएको छ।

स्थानीय तह र अभिभावकहरूले विद्यालयको नतिजालाई शिक्षा गुणस्तरको आधार मानेर आगामी योजनाहरू बनाउनुपर्ने आवाजहरू पनि उठ्न थालेका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा