डिजिटल न्युज7। नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत वडा अधिवेशन यही भाद्र २१ गते गल्छी गाउँपालिका वडा नं छ को वडा अधिवेशन निर्बिरोध प्रतिनिधि छनौट गरि सम्पन्न भएको छ। यहि भाद्र २१ गते गल्छी गाउँपालिका वडा नं ६ बैरेनी महेश दोभानमा वडा सभापति भिमसेन पाण्डेको अध्यक्षतामा भएको अधिवेशनले निबर्तमान सभापति भिमसेन पाण्डेलाई सभापतिमा निर्बिरोध निर्बाचित गरेको छ भने उपसभापतिमा रमेश अधिकारी रवि भण्डारी सचिवमा शकंर भण्डारी जयराम धिताल सह-सचिव राम शरण भुजेल र सन्तोष अधिकारी सदस्यहरुमा चन्द्रलाल श्रेष्ठ नारायण रिमाल राम चन्द्र पन्थ राज कुमार भण्डारी प्रल्हाद पन्थ राजाराम अधिकारी बिमला रेग्मी दुर्गा खतिवडा रिता वाग्ले सुमित्रा कार्की कुलदिप वाग्ले प्रेम तामाङ गगन लामा र क्षेत्रीय प्रतिनिधिहरुमा दिपक कुमार कार्की बिनोद कुमार कार्की राम कुमार कार्की राजु वाग्ले श्रीराम खतिवडा ठाकुर प्रसाद अधिकारी सन्तोष अधिकारी सरिता भण्डारी सरिता काराखेति राधिका रेग्मी नेपाल एलिना श्रेष्ठ गुँलाफ चन्द्र श्रेष्ठ नयन लामा अमिन मियाँ गोपाल बहादुर सुनार निर्बिरोध निर्बाचित भएका छन्।

