आज प्याब्सन धादिङका प्राईभेट स्कुलहरुमा शोक बिदा

साकार पोष्ट गल्छी  साउन १३ जिल्लाको शैक्षिक क्षेत्रका एक अग्रज तथा विशिष्ट योगदानकर्ता गुड स्टार्ट बोर्डिङ स्कुलका संस्थापक, प्रधानाध्यापक तथा प्याब्सन धादिङका सल्लाहकार श्री हर्क विर लामाको असामयिक निधनप्रति सम्पूर्ण शिक्षा क्षेत्र स्तब्ध र शोकाकुल बनेको छ।

बिज्ञापन

स्व. लामाले वि.सं. २०५० सालमा गुड स्टार्ट बोर्डिङ स्कुलको स्थापना गरी विद्यालयको शैक्षिक, नैतिक र चारित्रिक विकासमा महत्त्वपूर्ण भूमिका निभाउँदै आएका थिए। उहाँले दर्जनौं विद्यार्थीहरूलाई जीवनमा अगाडि बढ्न प्रेरित गर्नुका साथै निजी विद्यालय क्षेत्रको गुणस्तर र सुधारका लागि उल्लेखनीय योगदान दिनुभएको थियो। प्याब्सन धादिङमा रहँदा उहाँले संस्थागत सुदृढीकरण तथा शैक्षिक सुधारमा सक्रिय भूमिका निर्वाह गर्नुभएको स्मरण गरिएको छ।

उहाँप्रति गहिरो श्रद्धाञ्जली अर्पण गर्दै प्याब्सन, धादिङले यही २०८२ साल साउन १३ गते मंगलबारका दिन धादिङ जिल्ला भित्रका प्याब्सनका विधालयहरु बन्द राखी शोक विदा दिने निर्णय गरेको छ।

स्व. हर्क विर लामाको आत्माको चिरशान्तिको कामना गर्दै धादिङ प्याब्सन परिवारले हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा