डिसी महानगरमा नुवाकोटे समुदायद्वारा दोस्रो बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न

साकार पोष्ट  अमेरिका – अमेरिकाको डिसी महानगर क्षेत्र (डीएमभी) मा बसोबास गर्दै आएका नुवाकोटबाट आएका नेपाली समुदायले दोस्रो बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। गत जुलाई २० तारिख आइतबार, भर्जिनियाको मार्शलस्थित एक रमणीय उद्यानमा आयोजना गरिएको यस पिकनिकमा करिब २५० भन्दा बढी सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक उत्सव रिमालका अनुसार, सहकार्य, सहयोग र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो बनभोज पूर्ण रूपमा अनौपचारिक र स्वयंसेवकहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो। पिकनिकमा पारिवारिक वातावरणमा रमाइलो खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम, सामूहिक नृत्य, र सांस्कृतिक क्रियाकलापहरूमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो।

बनभोजका विशेष आकर्षणहरूमा बिंगो, राफल (चिट्ठा) र नेपाली परम्परागत खेल “घ्याम्पो फुटाउने” मुख्य रुपमा रहेका थिए, जसले सबै उमेर समूहका सहभागीहरूलाई सक्रिय बनाएर थप उत्साहित बनायो। बिहानको खाजा देखि बेलुकाको खानासम्म विविध नेपाली परिकारहरूले उपस्थित सबैलाई आत्मीय स्वादानुभूति दिलाएको थियो।

कार्यक्रमको समापनमा, सहभागीहरूको सामूहिक सहमतिमा यस्तो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने निर्णय गरिएको छ। डिसी महानगर क्षेत्रको नुवाकोट समुदायको यो सामाजिक र सांस्कृतिक मेलमिलापले प्रवासमा नेपालीपनको जगेर्ना गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

सी, अमेरिका – अमेरिकाको डिसी महानगर क्षेत्र (डीएमभी) मा बसोबास गर्दै आएका नुवाकोटबाट आएका नेपाली समुदायले दोस्रो बनभोज कार्यक्रम भव्य रूपमा सम्पन्न गरेका छन्। गत जुलाई २० तारिख आइतबार, भर्जिनियाको मार्शलस्थित एक रमणीय उद्यानमा आयोजना गरिएको यस पिकनिकमा करिब २५० भन्दा बढी सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

कार्यक्रमका संयोजक उत्सव रिमालका अनुसार, सहकार्य, सहयोग र आपसी सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यो बनभोज पूर्ण रूपमा अनौपचारिक र स्वयंसेवकहरूको सक्रिय सहभागितामा सम्पन्न भएको हो। पिकनिकमा पारिवारिक वातावरणमा रमाइलो खेलकुद, मनोरञ्जनात्मक कार्यक्रम, सामूहिक नृत्य, र सांस्कृतिक क्रियाकलापहरूमार्फत सहभागीहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो।

बनभोजका विशेष आकर्षणहरूमा बिंगो, राफल (चिट्ठा) र नेपाली परम्परागत खेल “घ्याम्पो फुटाउने” मुख्य रुपमा रहेका थिए, जसले सबै उमेर समूहका सहभागीहरूलाई सक्रिय बनाएर थप उत्साहित बनायो। बिहानको खाजा देखि बेलुकाको खानासम्म विविध नेपाली परिकारहरूले उपस्थित सबैलाई आत्मीय स्वादानुभूति दिलाएको थियो।

कार्यक्रमको समापनमा, सहभागीहरूको सामूहिक सहमतिमा यस्तो कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने निर्णय गरिएको छ। डिसी महानगर क्षेत्रको नुवाकोट समुदायको यो सामाजिक र सांस्कृतिक मेलमिलापले प्रवासमा नेपालीपनको जगेर्ना गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा