आज हुने भनिएको रविको मुद्दाको सुनवाइ स्थगित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दामा आज सुनवाइ स्थगित भएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा मंगलबार सुरु भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो ।

बिज्ञापन

आज एक न्यायाधीश उपलब्ध नहुने भएपछि सुनवाइ स्थगित गरिएको हो । न्यायाधीश नहकुल सुवेदी आज संवैधानिक इजलासमा बस्नु पर्ने भएकाले आज रविको प्रत्यक्षीकरण निवेदनमाथि सुनवाई नहुने भएको जनाइएको छ ।

आज बहस सकिएर आदेश आउने रास्वपाका कार्यकर्ताको आश थियो । तर, मुद्धाको सुनुवाइ नै नहुने भएको छ । मङ्गलवार लामिछानेको तर्फबाट सुदीज्ञ पन्त, सुशील पन्त, सुरेन्द्र थापा, दीपेन्द्र झा, नारायणदत्त कँडेल, विवेक राउतलगायतले बहस गरेका थिए ।

यो पनि पढ्नुहोस

गल्छीमा आशा लधुवित्त वितिय सस्थाको साक्षरता तथा केन्द्र प्रमुख गोष्ठी सम्पन्न

गल्छीका सुमन श्रेष्ठ सहित दुई जना चितवनमा निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा पक्राउ

१०औँ धादिङ महोत्सव–२०८२ माघ १५ देखि, उद्घाटन महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने

नेपा: एप सार्वजनिक, स्लो इन्टरनेटमै पनि छिटो चल्ने नेपाली डिजिटल प्लेटफर्म

प्रथम चिम्टेश्वर कप क्रिकेट प्रतियोगिताको उपाधि गल्छी क्रिकेट क्लबलाई

गल्छी गॅाउपालिका वडा नं ८ लाई ‘बालमैत्री स्थानीय शासन वडा’ घोषणा